लघुवित्तमा आन्तरिक लेखापरीक्षण: दबाब र चुनौती,
लघुवित्तमा आन्तरिक लेखापरीक्षण: दबाब र चुनौती, १. पृष्ठभूमि (Background) नेपालका वित्तीय पहुँचभन्दा बाहिर रहेका विपन्न र दुरदराज क्षेत्रका नागरिकहरूलाई, खास गरी महिलाहरूबाट थोरै, थोरै बचत संकलन, रेमिटान्सको भुक्तानी तथा विनाधितो सानो कर्जा प्रवाह गरी स्वरोजगार बनाउने र गरिबी न्युनिकरण गर्ने उद्देश्यका साथ लघुवित्त संस्थाहरूको उदय भएको हो। केहि बर्ष अघिसम्म यस क्षेत्रले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन ठुलो योगदान पुर्यायो। तर, केहि वर्षयताबाट एकअपसमा तीव्र अस्वस्थ प्रतिस्पर्धा, नाफा कमाउने अन्धधुन्ध होडबाजी र कमजोर संस्थागत सुशासनका कारण यो क्षेत्र चरम वित्तीय अनुशासनहीनता, बहुबैंकिङ (Multiple Borrowing) , र बढ्दो खराब कर्जा (NPL) को चक्रव्यूहमा फसेको पाइन्छ। यस्तो चरम सङ्कटको घडीमा संस्थाभित्र प्रशासनिक तथा बित्तीय सुशासन कायम राख्न, जोखिम न्यूनीकरण गर्न र आन्तरिक नियन्त्रण प्रणालीलाई भरपर्दो बनाउन आन्तरिक लेखापरीक्षण (Internal Audit) सब...