आँगनको लघुवित्त, कार्यकक्षको बैंकिङ: हराउँदै गएको त्यो प्रभातकालीन सामीप्य:
आँगनको लघुवित्त, कार्यकक्षको बैंकिङ: हराउँदै गएको त्यो प्रभातकालीन सामीप्य: नेपालको ग्रामीण अर्थतन्त्रलाई गतिशीलता दिन लघुवित्त वित्तीय संस्थाहरूले ऐतिहासिक भूमिका खेलेका छन्। सुरूआति दिनमा राज्यको बैंकिङ पहुँचभन्दा टाढा रहेका विपन्न वर्गका महिलाहरूलाई आर्थिक मूल प्रवाहमा डोर्याउने काम लघुवित्तले नै गरेको हो। हिजो भान्साको अँध्यारो कुनामा थन्किने साना–तिना बचतलाई एकीकृत गरियो जसका कारण ग्रामीण उद्यमशीलताको बीजारोपण भयो। लघुवित्त ग्रामीण महिलाहरूको वास्तविक सारथि बन्यो। यसले महिला सशक्तीकरण र गरिबी निवारणमा एउटा बलियो खम्बाको रूपमा काम गर्यो। तर, पछिल्लो समय नेपालको सामाजिक–आर्थिक परिवेश फेरिनुका साथै चुनौतीहरू थपिएका छन्। त्यसै कारण यो बेलामा लघुवित्तको सेवा प्रवाहको दर्शन र यसको 'समय व्यवस्थापन' मा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। यस सन्दर्भमा हेर्दा बंगलादेशको जीवन्त अभ्यास र नेपालको आफ्नै सुखद विगतलाई नियाल्न सकिन्छ। यी दुवैलाई पक्षलाइ हेर्दा हामीले कतै मूल बाटो बि...