🚨 संकटको भुमरीमा HR म्यानेजर: लघुवित्तमा कर्मचारीको हाहाकार,
🚨 संकटको भुमरीमा HR म्यानेजर लघुवित्तमा कर्मचारीको हाहाकार: कुनै समय नेपालका गाउँ-गाउँमा गरिबी निवारण र महिला सशक्तीकरणको एउटै भरपर्दो नाम थियोः– लघुवित्त । कुन पनि भौतिक धितो नचाहिने र सामूहिक जमानीमा ऋण पाइने हुनाले यसले ग्रामीण अर्थतन्त्रमा एउटा क्रान्ति नै ल्याएको थियो। तर समय सधैं एकनास रहेन। आज त्यही लघुवित्त क्षेत्र इतिहासकै सबैभन्दा खराब र संवेदनशील संकटको भुमरीमा फसेको छ। चौतर्फी प्रहारले गर्दा यो क्षेत्रको साख जोगाउनु आज सबैभन्दा ठूलो चुनौतीको बिषय बनेको छ। १. लघुवित्तमा 'HR' र 'HR Data': परिभाषाको नयाँ आयाम: लघुवित्तको दुनियाँमा मानव संसाधन (HR) केवल एउटा कुर्सी र टेबलमा बस्ने जागिरदार मात्र होइन। यस्मा त फिल्डमा खटिने कर्मचारीहरू संस्थाको असली अनुहार र सम्बन्ध सेतु हुन्। उनीहरू गाउँको कुना-कुना पुग्छन्। विपन्न तथा असहाय महिलाहरूको सुख-दुःखमा सारथि बन्छन्। अहिले बजारमा ऋण मिनाहाको भ्रमपूर्ण आन्दोलन र जनआक्रोश छ। त्यसैले ऋणीहरूको गाली, धम्की र समाजको रापलाई छातीमा झेल्ने अग्रपंक्तिका सिपाही पनि तिनै फिल्डमा जाने कर्मचारी हुन्। ...