नेपाली बैंकिङ क्षेत्रलाई निलिरहेको नार्सिसिस्टिक प्रवृर्ति:
नेपाली बैंकिङ क्षेत्रलाई निलिरहेको नार्सिसिस्टिक प्रवृर्ति: नेपालको आर्थिक मेरुदण्ड मानिने बैंकिङ क्षेत्र आज सुशासनको गम्भीर संकटबाट गुज्रिरहेको छ। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरूमा खराब कर्जाको मात्रा लगातार उकालो लागिरहेको देखिन्छ। यसले गर्दा जनताको बैंकप्रतिको अटुट विश्वास बिस्तारै धरमराउन थाल्ने हो कीॽ यो संकटका पछाडि केवल बाह्य आर्थिक मन्दी वा तरल बजार मात्र जिम्मेवार देखिँदैन। नेपाल राष्ट्र बैंकका सुपरिवेक्षण प्रतिवेदनहरू अध्ययन गर्दा समग्र वित्तीय प्रणालीको शीर्ष व्यवस्थापन र प्रमुख कार्यकारी अधिकृत (CEO) हरूमा 'नार्सिसिस्टिक प्रवृत्ती' (Narcissistic Personality) हाबी हुँदै गएको भान पाइन्छ। यही आत्मकेन्द्रित मनोवृत्ति र आन्तरिक सुशासनको चरम उल्लंघन नै वर्तमान बैंकिङ संकटको एक कारणा हो भन्न पक्कै सकिन्छ। जब अर्बौंको जननिक्षेप चलाउने संवेदनशील संस्थाको बागडोरको जिम्मेवारी भन्दा माथि "आफू र आफ्नो अहम्ता" लाई राख्ने नेतृत्वको हातमा पुग्छ, तब संस्था धराशयी बन्न थाल्छ। यस्तो अवस्थामा संस्थाको अन्तिम...