विकसित देशहरूमा वेदको पढाइ:क्वान्टम फिजिक्स र नेपालको शिक्षा नीति
विकसित देशहरूमा वेदको पढाइ क्वान्टम फिजिक्स र नेपालको शिक्षा नीति १. पृष्ठभूमि: पूर्वीय चेतना र पश्चिमा बौद्धिकताको मिलनबिन्दुः मानव सभ्यताको इतिहासमा ज्ञानको सबैभन्दा प्राचीन, समृद्ध र जीवन्त दस्तावेज हो वेद । ऋग्वेद, यजुर्वेद, साम्वेद र अथर्ववेद केवल धार्मिक अनुष्ठानका संकलन मात्र होइनन्, बरु यी त ब्रह्माण्डको उत्पत्ति, मानव चेतनाको विकास, ध्वनि विज्ञान, पर्यावरण, र दार्शनिक चिन्तनकासाथ आधुनिक बिज्ञानको समेत आदिम स्रोत हुन्। यो ज्ञानको सुरूआत हिमाली क्षेत्र, सप्तसिन्धु र नेपाली भूमिसँग जोडिएको छ। वेदको व्यवस्थित र विश्वविद्यालयीय अध्ययन-अध्यापनमा आज पश्चिमा विकसित देशहरू (जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (UK), फ्रान्स र नेदरल्यान्ड्स) विश्वकै अग्रणी स्थानमा छन्। १८औँ शताब्दीको उत्तरार्धदेखि युरोप र अमेरिकाका शीर्ष विश्वविद्यालयहरूमा प्राच्य अध्ययन विभाग खडा गरेर वेदको पठनपाठन सुरु गरिएको थियो। आखिर किन विकसित भनाउदा देशहरूमा वेदको अध्ययन यसरी झाँगियो? यसका ठोस प्रमाणहरू के-के हुन्? आधुनिक विज्ञान, विशेष गरी क्...