Posts

Showing posts from September 18, 2026

कविता: चञ्चल मनः

कविता: चञ्चल मनः खोज्छन् यो मनभित्र उच्च सुख ती , संसार भुल्ने गरी , दौडन्छन् धनका पछि सब यहाँ , प्यासी चखेवा सरी। रच्छन् महलै ठुला धनीहरू , बुझ्दैन कोही तर , रित्तो हुन्छ सदा गरिब मन यो , हावा बगे झैँ घर।। राजा होस् वा मगन्ते यो जगतमा , मर्दा त जानू छ नि , के लान्छन् र साथमा मानवहरू , सम्झेर बस्छन् धनी ? धोका दिन्छ अनेक यो चपल मन , अल्झाउँछन् जालमा , हाँस्छन् ती गरिब बरु खुसी भई , आफ्नै रमाइलो चालमा।। आफ्नै रचना तथा स्वरमा बाचन गरिएको !!!  

सपनाको आकाश र पसिनाको धरातल:

Image
सपनाको आकाश र पसिनाको धरातल:                            (एक नेपालीको अमेरिकी कथा) "सुनौलो भविष्य र अमेरिकी सपना बोकेर हरेक वर्ष हजारौँ नेपालीहरू सपनाको आकाश चुम्न अमेरिका पुग्छन्। तर, त्यो चमकधमकपूर्ण संसारको पछाडि पसिनाको धरातलमा उभिएर गर्नुपर्ने कठोर परिश्रमको अर्को पाटो पनि छ। यो एक नेपालीको अमेरिकी कथा मात्र होइन, बरु अमेरिकामा नेपालीको सङ्घर्ष र उनीहरूको वास्तविक जीवनको ऐना हो..." हा मिले सानैदेखि गाउँघरका डहर र शहरका गल्लीहरूमा एउटै कुरा सुनिरह्योै"अमेरिका ! त्यो त सपनाको देश हो, जहाँ पैसा रुखमै फल्छ, जहाँ दुःखको नामोनिसान हुँदैन।" पोखराको एउटा मध्यमवर्गीय परिवारमा हुर्किएको गणेशको आँखामा

नेपालमा बसेर हेर्दा अमेरिकी जीवनशैलीका यी ५ कुरा अचम्म लाग्छन:

Image
नेपालमा बसेर हेर्दा अमेरिकी जीवनशैलीका यी ५ कुरा अचम्म लाग्छन: संसारको अर्को कुनामा बसेर 'सुपरपावर' अमेरिकालाई हेर्दा कस्तो देखिन्छ होला? हलिउडका सिनेमा, युट्युबका भिडियो र फेसबुकका फिडहरू नियाल्दा नेपालमा बस्ने हामी धेरैलाई अमेरिका एउटा सपनाको संसार जस्तो लाग्छ। तर, जब हामी त्यहाँको दैनिक जीवनशैली, संस्कृति र मानिसहरूको बानीलाई अलि गहिराईबाट