Posts

Showing posts from September 11, 2026

💔 झोलासँगै खसेका आँसु: लघुवित्तका 'रोबोट' कर्मचारी र सञ्चालकले बुझ्नुपर्ने सत्य:

Image
💔 झोलासँगै खसेका आँसु: लघुवित्तका 'रोबोट' कर्मचारी र सञ्चालकले बुझ्नुपर्ने सत्य बि हान राम्ररी उज्यालो नहुँदै मोबाइलमा अलार्म बज्छ। दिनभरिको दौडानले थाकेको शरीर, कामको सोचाइले अनिदो आँखा र भोलिपल्टको 'कलेक्सन' (किस्ता संकलन) को मानसिक बोझले थिचिएका एकजना लघुवित्तका कर्मचारी ओछ्यानबाट उठ्छन्। उनी नुवाइधुवाइ गरेर ऐना हेर्छन्, तर ऐनामा आफ्नो अनुहार होइन, संस्थाले दिएको 'टार्गेट' को भूत देख्छन्। आफैँले बनाएको चियाको सुस्कीसँगै आमाको अनुहार सम्झिन्छन्, जसले 'बाबु, आज त समयमै घर आउँछस नि?' भनेर सोधेकी थिइन्। तर उनीसँग जवाफ हुँदैन। लघुवित्तको जागिरमा निस्किने समय निश्चित हुन्छ, फर्किने समय केवल भाग्यमा भर पर्छ। आज लघुवित्त क्षेत्रमा एउटा गम्भीर प्रश्न उब्जिएको छ— यहाँ कर्मचारीहरू किन टिक्दैनन्? किन हरेक महिना सयौँ युवाहरू यो जागिर छोडेर रुँदै गाउँ फर्किन्छन् र खाडीको तातो बालुवामा ...

श्राद्ध संस्कार:

Image
श्राद्ध संस्कार: पौराणिक विश्वास र वैज्ञानिक दृष्टिकोण, सनातन हिन्दू धर्म र संस्कृतिमा, मानवीय संस्कारको विशेष स्थान र महत्व छ। व्यक्तिको जन्मदेखि मृत्युसम्म, र मृत्युपछि पनि, 'श्राद्ध' एक अत्यन्तै संवेदनशील र पवित्र संस्कार हो।