प्रकृतिको अनुपम महाकाव्य: लेक टाहो, - एक नेपाली दृष्टिकोण १. परिचय र भू-अवस्थितिः लेक टाहो (Lake Tahoe) संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया र नेभाडा राज्यको सिमानामा, प्रख्यात सिएरा नेभाडा हिमश्रृङ्खलाको काखमा सुतिरहेको एक अलौकिक अल्पाइन ताल (Alpine Lake) हो। समुन्द्र सतहबाट करिव ६,२२५ फिट (१,८९७ मिटर) को उचाइमा सुस्ताइरहेको छ। यो ताल केवल पानीको विशाल भण्डार मात्र होइन, यो त प्रकृतिको क्यानभासमा कोरिएको एक जीवन्त चित्रकला हो। यसको कञ्चन नीलो पानी र वरपरका हिउँका चुचुराहरूले संसारभरका यात्रीहरूलाई मन्त्रमुग्ध पार्दै आएका छन्। २. आदिम इतिहास र नामको उत्पत्तिः यस तालको भौगोलिक अबस्था झण्डै २० लाख वर्ष पुरानो मानिन्छ। यसको सांस्कृतिक पहिचान यहाँका रैथाने वाशो (Washoe) आदिवासीहरूसँग जोडिएको छ। वाशो समुदायले यस पवित्र ताललाई आफ्नो जीवनको केन्द्रविन्दु मान्थे र आफ्नो रैथाने भाषामा यसलाई "दा ओ अ गा" (Da ow a ga) भन्थे, जसको शाब्दिक अर्थ हुन्छ—"तालको किनारा"। इतिहासकारहरूका अ...