लघुवित्तमा आन्तरिक लेखापरीक्षण: दबाब र चुनौती,
लघुवित्तमा आन्तरिक लेखापरीक्षण: दबाब र चुनौती,
लघुवित्तमा आन्तरिक लेखापरीक्षण: दबाब र चुनौती,१. पृष्ठभूमि (Background)
नेपालका वित्तीय पहुँचभन्दा बाहिर रहेका विपन्न र दुरदराज क्षेत्रका नागरिकहरूलाई, खास गरी महिलाहरूबाट थोरै, थोरै बचत संकलन, रेमिटान्सको भुक्तानी तथा विनाधितो सानो कर्जा प्रवाह गरी स्वरोजगार बनाउने र गरिबी न्युनिकरण गर्ने उद्देश्यका साथ लघुवित्त संस्थाहरूको उदय भएको हो। केहि बर्ष अघिसम्म यस क्षेत्रले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन ठुलो योगदान पुर्यायो।
तर, केहि वर्षयताबाट एकअपसमा तीव्र अस्वस्थ प्रतिस्पर्धा, नाफा कमाउने अन्धधुन्ध होडबाजी र कमजोर संस्थागत सुशासनका कारण यो क्षेत्र चरम वित्तीय अनुशासनहीनता, बहुबैंकिङ (Multiple Borrowing), र बढ्दो खराब कर्जा (NPL) को चक्रव्यूहमा फसेको पाइन्छ।
यस्तो चरम सङ्कटको घडीमा संस्थाभित्र प्रशासनिक तथा बित्तीय सुशासन कायम राख्न, जोखिम न्यूनीकरण गर्न र आन्तरिक नियन्त्रण प्रणालीलाई भरपर्दो बनाउन आन्तरिक लेखापरीक्षण (Internal Audit) सबैभन्दा महत्त्वपूर्ण सुरक्षा कवच हुनुपर्ने हो। तर, व्यवहारमा भने यो विभाग आफैँ विभिन्न आन्तरिक दबाब र हस्तक्षेपको सिकार भइरहेको पाइन्छ।
२. सञ्चालक समिति (BOD) र प्रमुख कार्यकारी अधिकृत (CEO) को दबाब:
नेपालको अधिकाश लघुवित्त संस्थाहरूमा आन्तरिक लेखापरीक्षण प्रभावकारी हुन नसक्नुको सबैभन्दा मुख्य कारण संस्थाको माथिल्लो तह अर्थात् सञ्चालक समिति (Board of Directors - BOD) र प्रमुख कार्यकारी अधिकृत (CEO) बाट हुने अदृश्य दबाब र व्यावसायिक हस्तक्षेप नै हो।
३. नेपाल राष्ट्र बैंक (NRB) को निर्देशन र कानुनी व्यवस्थाहरू:
सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतको यही मनपरी र दबाबलाई रोक्नका लागि नेपाल राष्ट्र बैंकले 'घ' वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन र पछिल्ला मार्गदर्शनहरू मार्फत आन्तरिक लेखापरीक्षण र जोखिम व्यवस्थापनलाई थप कडा र स्वायत्त बनाएको छ।
४. लघुवित्त क्षेत्र सुधारका लागि भावी कार्यदिशा (The Way Forward):
नेपालका समग्र लघुवित्त संस्थाहरूलाई वर्तमान सङ्कटबाट जोगाउने हो भने आन्तरिक लेखापरीक्षणलाई व्यवस्थापन र बोर्डको चक्रव्यूहबाट मुक्त गरी एउटा स्वतन्त्र "वाचडग" (Watchdog) को रूपमा स्थापित गर्नु अनिबार्य भै सकेको छ। जसका लागि निम्न कुराहरू कडाइकासाथ पालना गर्नुपर्ने देखिन्छ।
📌 ५. निष्कर्ष (Conclusion):
नेपालको ग्रामीण अर्थतन्त्र र वित्तीय समावेशीकरणको मेरुदण्ड मानिएका लघुवित्तहरूलाई वर्तमान सङ्कटबाट बचाउन बलियो, निष्पक्ष र भयमुक्त आन्तरिक लेखापरीक्षण अनिवार्य सर्त हो। जबसम्म लघुवित्तहरूले आफ्नो आन्तरिक नियन्त्रण प्रणाली चुस्त र दुरूस्त बनाउँन सक्दैनन, तबसम्म बाह्य नियमन वा राष्ट्र बैंकको नीतिले मात्र यो क्षेत्र पूर्ण रूपमा सुध्रिन सक्ने देखिदैन। त्यसैले, संस्थाहरूले आन्तरिक लेखापरीक्षणलाई नेतृत्व तहको कमजोरी ढाकछोप गर्ने माध्यम वा एउटा फजुल खर्चको रूपमा बुझ्नु गलत साबित हुनेछ। बरु यसलाई संस्था रक्षा गर्ने प्रमुख सुरक्षा कवचका रूपमा स्विकार्दै, यसको सुदृढीकरण र व्यावसायिक स्वायत्तताका लागि लगानी गर्न अब निकै ढिला भइसकेको छ।
जय लघुबित्त ,
Good
ReplyDeletegaro xa ho garo.
ReplyDelete