सकारात्मक मनोवृत्ति: कार्यस्थलमा सफलताको नयाँ सूत्र

सकारात्मक मनोवृत्ति: कार्यस्थलमा सफलताको नयाँ सूत्र
उत्प्रेरणा भनेको के हो? (What is Motivation?)
🌸 यसले हामीलाई कडा परिश्रम गर्न प्रेरित गर्नुका साथै हामीलाई सफल हुन मद्दत गर्दछ।
🌸 प्रेरणाले हाम्रो व्यवहार र लक्ष्यहरू प्राप्त गर्न हाम्रो क्षमतामा थप निखार ल्याउँदछ।
🌸 हर्जवर्गको सिद्धान्त (Motivation-Hygiene Theory): मनोवैज्ञानिक फ्रेडरिक हर्जवर्गले १९५० को दशकमा कर्मचारीहरूको उत्प्रेरणा र सन्तुष्टिलाई प्रभाव पार्ने २ कारकहरू (Hygiene र Motivation Factors) पत्ता लगाएका थिए।
हर्जवर्गको दुई कारक सिद्धान्त (Two Factor Theory)
| १. धेरै स्वतन्त्रता र धेरै उत्प्रेरणा यो आदर्श अवस्था हो। कर्मचारी धेरै प्रेरित हुन्छन् र उनीहरूमा खासै कुनै प्रकारको गुनासो रहँदैन। | २. धेरै स्वतन्त्रता र कम उत्प्रेरणा कर्मचारीहरू वास्तवमै उत्प्रेरित हुदैनन्। उनीहरूले आफ्नो काम केवल तलब खानको रूपमा मात्र गर्दछन्। |
| ३. कम स्वतन्त्रता र धेरै प्रेरणा कर्मचारीहरू उत्प्रेरित छन्, तिनीहरूले गर्ने काम चुनौतीपूर्ण छ, त्यस कारण तलब वा कामको सर्तहरूमा उनिहरूको गुनासो छ। | ४. कम स्वतन्त्रता र कम उत्प्रेरणा यो सबैभन्दा खराब अवस्था हो, कर्मचारीहरू उत्प्रेरित हुँदैनन् र उनीहरूक धेरै गुनासाहरू रहेका हुन्छन्। |
अपेक्षाको सिद्धान्त (Expectancy Theory)
मानिसहरूले आफूले गरेको कामको मूल्यांकन अनुसार प्रतिफलको आशा गर्दछन्। यो सिद्धान्त ३ तत्वमा आधारित छ:
१. अपेक्षा (Expectancy): आफ्नो प्रयासले वान्छित लक्ष्य प्राप्त हुनेछ भन्ने विश्वास।
२. साधन (Instrumentality): आफ्नो लक्ष्य पूरा गरेमा उचित इनाम वा प्रतिफल प्राप्त हुनेछ भन्ने विश्वास।
३. मान (Valence): प्राप्त हुने इनाम वा पदोन्नततिको व्यक्तिगत महत्त्व वा मूल्य।
कर्मचारीलाई उत्प्रेरित गर्नमा देखिने चुनौतीहरू
🌸 प्रमुख समस्याका केन्द्रहरू: व्यक्तित्व, सञ्चारमा अवरोध, अपेक्षाहरू, लागत, र संगठनात्मक वातावरण।
🌸 व्यक्तिगत समस्याहरू: कम आत्मविश्वास, सफलताको लागि कम आशा, विषयमा चासोको अभाव, उपलब्धिको चिन्ता, असफलताको डर।
🌸 पैसा, पद, र प्रतिष्ठा प्राप्त गर्न हामी सधैं काम गरिरहेका हुन्छौं। तर सबैलाई समेट्न खोज्दा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ।
उत्प्रेरक सुझाव र सीपहरु (Motivational Tips)
🌸 कर्मचारीहरमा सकारात्मक सोचको विकास हुनु आवश्यक छ।
🌸 सही उपकरण र कामको लागि आवश्यक सीपहरु हुनु पर्दछ।
🌸 नियमित प्रशिक्षणले कर्मचारीहरूलाई अद्यावधिक राच्छ र काममा केन्द्रित गर्दछ।
🌸 काम गर्नका लागि अनुकूल र राम्रो वातावरण प्रदान गर्नुपर्दछ।
🌸 अरुका कुरा बढी सुन्ने र सही समयमा दृढ निर्णय लिने बानी बसाल्नुपर्छ।
🌸 दबाबमा परेका सदस्यहरूलाई पहिचान गरी उचित सहयोग र मार्गदर्शन प्रदान गर्नुपर्छ।
उत्प्रेरित गर्ने प्रभावकारी तरिकाहरू
🌸 वित्तीय तथा गैर-वित्तीय प्रोत्साहन: तलब र सुविधा वृद्धि गर्ने, नाफा बाँडचुँड गर्ने।
🌸 कार्य वातावरण: विश्वास, आदर र पारदर्शिताको वातावरण निर्माण गर्ने।
🌸 व्यवस्थापकीय सुधार: स्पष्ट लक्ष्य निर्धारण गर्ने, कार्यभार सन्तुलित गर्ने र नेतृत्व शैलीमा सुधार गर्ने।
🌸 मान्यता कार्यक्रम: 'कर्मचारी मान्यता कार्यक्रम' (Employee Recognition Program) र पुरस्कारको व्यवस्था गर्ने।
🌸 क्षमता विकास: बहुकार्यगत प्रशिक्षण (Cross Training) र व्यावसायिक प्रवर्द्धनका अवसरहरू दिने।
सकारात्मक दृष्टिकोण र यसको महत्त्व
सकारात्मक दृष्टिकोण दिमागको एउटा त्यस्तो अवस्था (State of Mind) हो, जसले जस्तोसुकै परिस्थितिमा पनि अनुकूल परिणामहरूको अपेक्षा गर्दछ। यसले तपाईंलाई समस्याहरू भित्र लुकेका अवसरहरू हेर्न र पहिचान गर्न मद्दत गर्दछ।
कार्यस्थलमा सकारात्मक मनोवृत्तिका फाइदाहरू:
• सञ्चारमा सुधार (Improved Communication)• उत्कृष्ट टिमवर्क (Better Teamwork)
• उच्च कार्य मनोबल (High Morale)
• उत्पादकत्वमा वृद्धि (Increased Productivity)
प्रख्यात व्यक्तिहरू असफल हुनुका प्रमुख कारणहरू:
असफलतालाई पन्छाएर कसरी सफल भए?
🌸 अब्राहम लिङ्कन: अनगिन्ती व्यावसायिक र राजनीतिक असफलताहरू भोगेर पनि अमेरिकाको सबैभन्दा सफल राष्ट्रपति बने।
🌸 स्टीभ जोब्स: आफ्नै कम्पनीबाट निकालिए पनि नयाँ ऊर्जाका साथ फर्किएर एप्पललाई संसारकै मूल्यवान कम्पनी बनाए।
🌸 थॉमस एडिसन: बल्ब बनाउँदा हजारौं पटक असफल भए तर पनि त्यसलाई 'काम नगर्ने तरिकाहरू पत्ता लागेको' रूपमा लिए।
सफलताका साझा सुत्रहरू:
• दृढ संकल्प र निरन्तरता (Perseverance)
• गल्तीबाट सिकाई (Learning from Mistakes)
• विकासमुखी मानसिकता (Growth Mindset)

Good
ReplyDelete