तनावदेखि डिप्रेसनसम्मको यात्रा र यसबाट मुक्ति:

 तनावदेखि डिप्रेसनसम्मको यात्रा र यसबाट मुक्ति:

एक वैश्विक दृष्टिकोणः


आजको विश्व आधुनिक प्रविधिको सञ्जालले अत्यधिक गिजोलिएको छ, जहाँ मानिसहरू भौतिक रूपमा नजिक तर मानसिक रूपमा टाढा भइरहेका छन। २४सै घण्टा अत्यधिक गतिकासाथ दौडिरहेको यो संसारमा एउटा यस्तो अदृश्य तत्त्व छ जसले संसारको जुनसुकै कुनामा बस्ने, जुनसुकै बर्गका मानिसलाई पनि उत्तिकै पिरोलिरहेको छ। त्यो हो– मानसिक तनाव (Stress)। तनाव केवल एउटा व्यक्तिगत समस्या मात्र होइन, यो अहिले विश्वव्यापी रूपमा फैलिएको मानव चेतनाको एक ठूलो चुनौती समेत हो।

१. चिकित्सा विज्ञानको भाषामा तनाव र यसको सुरुवातः

चिकित्सा विज्ञानको भाषामा तनावलाई 'होमियोस्टेसिसको अवरोध' (Disruption of Homeostasis) भनिन्छ। हाम्रो शरीरले आफ्नो भित्री वातावरणलाई सन्तुलनमा राख्ने प्रक्रियालाई 'होमियोस्टेसिस' भनिन्छ, र बाह्य वा मानसिक चापले गर्दा जब यो सन्तुलन बिग्रिन्छ, तब शरीरमा तनाव उत्पन्न हुन्छ। चिकित्साको भाषामा यसलाई 'साइकोलोजिकल स्ट्रेस' (Psychological Stress) वा 'फिजियोलोजिकल रेस्पोन्स' पनि भनिन्छ।

जब मानब जीवनकालमा कुनै अनपेक्षित चुनौती वा खतरा आउँछन, तब हाम्रो मस्तिष्कको 'हाइपोथालामस' (Hypothalamus) भन्ने ग्रन्थिले उक्त खतरासंग जुध्न (शरीरलाई तयार पार्ने 'फाइट अर फ्लाइट' (Fight or Flight) प्रतिक्रिया) सुरु गर्छ। यस अवस्थामा एड्रेनालिन र 'कोर्टिसोल' (Cortisol - जसलाई तनाव हर्मोन पनि भनिन्छ) जस्ता रसायनहरू तीव्र रूपमा उत्सर्जन हुन्छन्, जसले गर्दा मुटुको धड्कन र रक्तचाप बढ्छ।

तनावको सुरुवाती भने स–साना दैनिक घटनाहरू र हाम्रो जीवनका रिक्तताहरूबाट सुरू हुन्छ, जसलाइ सामान्य रूपमा तल बर्णन गरीएको छ।

  • पारिवारिक माया-ममताको अभाव: मानिस एक सामाजिक प्राणी हो। जब हाम्रो जीवनबाट पारिवारिक माया, अभिभावकको छहारी र आत्मीय ममता छुट्छ, त्यसपछि मानिस भित्रभित्रै एक्लो हुन थाल्छ। सुख-दुःख बाँड्ने आफ्नो परिबार र नातागोता सगै नहुँदा साना चुनौतीहरू पनि सगरमाथा जस्ता लाग्न थाल्छन।
  • आधुनिक जीवनको चाप: कार्यस्थलको अत्यधिक दबाब, चरम आर्थिक अभाव, र भविष्यको अन्योल्ताले तनावलाई थप बढाउँछ। जब घर फर्कँदा न्यानो स्वागत गर्ने परिवारको अभाव हुन्छ, तब त्यो तनावले मस्तिष्कमा स्थायी डेरा जमाउँछ।

२. डराउनुपर्ने तथ्याङ्क: तनावले कसरी मृत्युवरण गराउँछ?

तनाव कति खतरनाक रहेछ भन्ने कुरा यससँग जोडिएका वैश्विक तथ्याङ्कहरूले स्पष्ट पार्छन। विश्व स्वास्थ्य संगठन (WHO) र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को हालैका प्रतिबेदन अनुसार, संसारभरि प्रत्येक वर्ष करिब ८ लाख ४० हजारभन्दा बढी मानिसहरूको मृत्यु कार्यक्षेत्रको अत्यधिक तनाव, लामो कार्यघण्टा र मानसिक चापका कारण हुने गर्छ।

अझ पट्यासलाग्दो कुरा त के छ भने हृदयघातका कारण हुने कुल मृत्युमध्ये करिब ७५ प्रतिशतसम्म मृत्यु मानसिक तनावसँग जोडिएको हुन्छ। चिकित्सा विज्ञहरूका अनुसार अस्पतालमा उपचारका लागि आउने कुल बिरामीहरूमध्ये ९० प्रतिशतसम्मका शारीरिक रोगहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तनावकै कारण उत्पन्न भएका हुन्छन भनिएको छ। तनावले मानिसलाई सिधै मार्ने त होइन तर यसले उच्च रक्तचाप, मधुमेह, अल्サー र मुटुरोग जस्ता घातक समस्याहरू निम्त्याएर मानिसलाई उमेर छदै मृत्युको मुखमा पुर्‍याउँछ।

३. तनावले कसरी डिप्रेसन (Depression) मा पुर्‍याउँछ?

एउटै तनाव महिनौँ वा वर्षौँसम्म निरन्तर रह्रयो भने यसलाइ चिकित्सा विज्ञानको भाषामा 'क्रोनिक स्ट्रेस' (Chronic Stress) भनिन्छ। यही अवस्थाले मानिसलाई बिस्तारै डिप्रेसनको खाडलतर्फ धकेल्छ।

लामो समयसम्म तनाव र एक्लोपनमा रहँदा मस्तिष्कमा न्युरोट्रान्समिटरहरूको सन्तुलन बिग्रिन्छ। त्यसका कारण मानिसमा खुसी र उत्साह दिने हर्मोनहरू—'सेरोटोनिन' र 'डोपामिन' को उत्पादन कम हुन थाल्छ। तनाबसंगै पारिवारिक माया र सामीप्यता नपाउँदा मानिसमा हीनताबोध जाग्छ र उ बिस्तारै ती चीजहरूमा पनि आनन्द लिन छाड्छ जुन उसलाई पहिले पहिले खुबै मन पर्थ्यो। निद्रा नलाग्ने वा अत्यधिक निद्रा लाग्ने भोक कम लाग्ने, शरीर सधैँ गलिरहेको अनुभव हुने र जीवनप्रति पूर्ण निराशा जाग्ने गर्दछ। जब मानिसलाई लाग्छ कि उसको जीवनमा अब कुनै आशा बाँकी छैन, तब उ डिप्रेसनको गहिरो खाडलमा जान्छ।

४. तनाव र डिप्रेसनबाट कसरी छुटकारा पाउने?

मानविय तनावको यो चक्र जतिसुकै बलियो भए पनि यसबाट मुक्त हुन सम्भव छ। यसवाट मुक्ति पाउनका लागि संसारभरिका मनोविज्ञहरूले प्रमाणित गरेका अचुक उपायहरू यस प्रकार रहेका छन।

  • घरपालुवा जनावरसँगको सामीप्यता (Pet Therapy): परिवारबाट टाढा रहँदा वा मायाको कमी महसुस हुँदा घरपालुवा जनावरहरू सबैभन्दा ठूलो सहारा बन्न सक्छन। आफ्नो प्यारो कुकुर वा बिरालोलाई केही मिनेट मात्र सुमसुम्याउँदा वा उनीहरूसँग खेल्दा शरीरमा कोर्टिसोल हर्मोनको स्तर ह्वात्तै घट्छ र 'अक्सिटोसिन' (Oxytocin - माया जगाउने हर्मोन) बढ्छ। उनीहरूको निस्वार्थ मायाले परिवारको अभावलाई धेरै हदसम्म मेटाइदिन्छ।
  • पारिवारिक सम्पर्क र सामिप्यता: भौतिक रूपि यो शरिर टाढा भए पनि आजको नबप्रविधिको जमानामा परिवारसँग जोडिन कुनै गाह्रो छैन। दैनिक रूपमा आफ्ना आमाबुबा, श्रीमित, छोराछोरी वा मन मिल्ने आफन्त, साथिभाइसँग कुराकानी गरिरहने गर्नुपर्छ। जब कुनै आफन्तले फोनमा मायालु स्वरमा "तिमी पीर नगर, म छँदैछु नि" भनिदिन्छन्, तब मनमा एउटा ठूलो आँट, भरोसा र सुरक्षित भएको अनुभूति हुन्छ।
  • माइन्डफुलनेस र ध्यान (Mindfulness): दिनको कम्तीमा १० मिनेट शान्त स्थानमा बसेर ध्यान गर्नाले मस्तिष्कको 'अमिग्डाला' (Amygdala - डर र तनाव नियन्त्रण गर्ने भाग) शान्त हुन्छ। यसले हाम्रो ध्यानलाई भविष्यको चिन्ता वा भूतकालको पीडाबाट वर्तमान अबस्थामा ल्याउँन मद्दत गर्दछ।
  • प्रबिधिबाट बिश्राम र प्रकृतिसँग समय: फेसबुक लगायत सामाजिक सञ्जालमा घण्टौँ बिताउनुको साटो हप्तामा कम्तीमा एक दिन कम्प्युटर, mobileबाट टाढा रहेर कुनै सुन्दर पार्क वा प्राकृतिक स्थानमा टहलिनु आफैमा मानसिक शान्तिका लागि निकै लाभदायक हुन्छ।
  • चिकित्सकीय सल्लाह र मनोपरामर्श (Psychotherapy/Counseling): समस्या जटिल बनदै गयो भने विशेषज्ञ चिकित्सक वा मनोपरामर्शदाताको सहयोग लिन हिचकिचाउनु हुँदैन। मनोपरामर्श लिनु कुनै कमजोरी होइन, बरु यो त आफैँलाई आफैँले माया गर्ने बलियो कदम हो।

५.निष्कर्षः

मानब जीवन सुख र दुःखको एउटा सुन्दर समिश्रण हो। पारिवारिक माया, ममता छुट्नु वा एक्लो हुनु जीवनको एउटा कठिन मोड अवश्य हो, तर यो जिबनको अन्त्य होइन। जसरी एउटा बफादार पहरेदार कुकुर ले ढोकामा बसेर निष्ठाका साथ घरको रक्षा गर्छ, त्यसरी नै हामीले पनि सजग बनेर आफ्नो मन र मस्तिष्कको रक्षा गर्नुपर्छ। बिश्वमा घटित तथ्याङ्कहरू जतिसुकै डरलाग्दा भए पनि सही जीवनशैली र सकारात्मक सोचले तनावलाई जित्न सकिन्छ। आफैँलाई समय दिनुहोस, नयाँ सकारात्मक सम्बन्धहरू बनाउनुहोस र सधैँ मुस्कुराउने प्रयास गर्नुहोस।


Comments

Popular posts from this blog

🚨 संकटको भुमरीमा HR म्यानेजर: लघुवित्तमा कर्मचारीको हाहाकार,

💔 झोलासँगै खसेका आँसु: लघुवित्तका 'रोबोट' कर्मचारी र सञ्चालकले बुझ्नुपर्ने सत्य:

लघुवित्तमा आन्तरिक लेखापरीक्षण: दबाब र चुनौती,