भोटे कोशी नरसंहार र अगस्ट २६, २०२६

            भोटेकोशीको नरसंहार र २०८३ भदौ १०

हिमाल भन्ने वित्तिकै, जहाँ सेताम्मे हिम परेका प्रकृतिका सुन्दर स्वरुपलाइ चिनिन्छ । जसले नेपालको उत्तरी क्षेत्र र चिनको स्वशासित क्षेत्र तिब्बतसंग सामिप्यता राख्दछन । नेपाल तथा चिनको सिमाना रसुवागढी हुँदै कलकल बग्ने एउटा पवित्र नदी छ, जसलाइ हामी भोटेकोशी भनेर चिन्दछौं । हामीहरु मध्ये धेरैले भोटेकोशी भन्ने बित्तिकै सिन्धुपाल्चोक तर्फ बग्ने नदी मात्र सम्झिन्छौँ । तर, रसुवाको उत्तरी क्षेत्रबाट बग्ने यो भोटेकोशी केवल एउटा नदी मात्र होइन, यो त रसुवाबासीको आँगन, जलविद्युतको अपार सम्भावना भएको मुहान र नेपाल–चीन व्यापारको मुख्य नाका मध्ये एक हो । समय सधैँ एकैनास कहाँ रहँदो रहेछ र ! भगवानको समेत आँखा छली जब २०८३ सालको भदौ १० गते आयो, यो कलकल आवाज दिने नदीले आफ्नो मातृत्व बिर्सिएर एकाएक रौद्र रूप धारण गर्‍यो । आज विहनसम्म जीवन दिने यही नदी छिनभरमा काल बनेर आयो र नेपालले कहिल्यै नविर्सने तथा कहिल्यै सञ्चो नहुने चोट दिएर गयो।

(क) २०८२ असार २४ को चेतावनीः

२०८३ भदौ १० को यो महाविपत्तिभन्दा ठीक तेह्र महिना अघि प्रकृतिले हामीलाई यही भोटेकोशीमा पहिलो पटक ठूलो चेतावनी दिएर गएको थियो । गतब बर्ष असार २४ गतेका दिन लाङटाङ हिमालको उत्तरी भेगमा रहेको एक हिमताल अचानक विष्फोट भएको थियो । सो समयमा पनि तिब्बततर्फको ल्हेन्दे नदी यसै भोटेकोशी नदीमा रातीको करिब ३ बजे अचानक आकस्मिक रुपमा भीषण बाढी आएको थियो । त्यसबेला बाढीले नेपाल र चीन जोड्ने उक्त नाकामा रहेको ऐतिहासिक मितेरी पुल पूर्ण रूपमा ध्वस्त भएको थियो । सो घटनामा १८ जना नागरिक बेपत्ता भएका थिए भने रसुवागढी जलविद्युत आयोजनाको बाँध र रसुवा भन्सार कार्यालयको साइडमा व्यापक क्षति पुगेको थियो । यो कुरा अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (ICIMOD) तथा नेपाल सरकारका सुरक्षा निकायहरूको आधिकारिक प्रतिवेदनमा यो घटना विस्तृत रुपमा उल्लेख गरीएको छ ।

त्यसबेला नेपाल सरकारले तयार पारेको अध्ययन प्रतिवेदनले यस भोटेकोशी नदी आसपासको क्षेत्रमा उच्च जोखिम रहेको भनी पूर्व–चेतावनी प्रणालीको तत्काल जोहो गरी जडान गर्न र नदी किनारका जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा पुनस्र्थापना गर्न कडा रुपमा सुझाव दिएको थियो । तर, विडम्बना ! के भन्नु, कसलाइ भन्नु ! त्यो प्रतिवेदन सरकारी दराजमै सुरक्षित भयो र ति सुझावहरू कार्यान्वयन भएनन् । उक्त चेतावनीलाई बेवास्ता गर्दाको परिणाम हामीले एक वर्षको आसपासमा भोग्न बाध्थ भयौ ।

(ख) त्यो कहाली लाग्दो २०८३ भदौ १० को बिहानीः

इस प्रलयको सुरुआत २०८३ भदौ १० गते, बुधबार, बिहानको करिब ८-९ बजे तिरको थियो । रसुवागढी, टिमुरे र स्याफ्रुबेँसीमा विहनको घामका किरणहरू भर्खरै खुल्दै थिए । सना-साना बालबच्चाहरू स्कुल जाने तरखरमा थिए । घरकामुलीहरु कोहि भान्सामा चिया उमाल्दै थिए त कोही यात्राबाट फर्किएका पर्यटकहरूलाई स्वागत गर्दै , कसैलाई पनि अलिकति पनि शंका थिएन कि भोटेकाशीले उनीहरूको घरवार विनाशको यस्तो कालो धब्बा घस्न लागेकी छिन्, जसलाई इतिहासले कहिल्यै मेट्न सक्ने छैन ।

ठीक त्यही समयमा, तिब्बततर्फ पर्ने हिमालको काखमा एउटा भयानक हलचल भयो । विशाल हिमपहिरो र हिमताल विष्फोटको त्यो कम्पन ६-७ रेक्टर स्केलको भूकम्प बनेर त्यस धर्तीमा बजारीयो । उक्त विष्फोटले ल्हेन्दे खोला थुनिएर अचानक फुट्यो र सेताम्ये हिमालको छातीबाट कालो प्रलयको जन्म भयो । भोटेकोशीले त्यो प्रलयङ्कारी रौद्र रूप लिदै काल बनेर गर्जियो क्षणभरमै भोटेकोशी नदी, नदीको रुपमा रहेन, त्यो त एउटा अजङ्गको राक्षस जस्तै बन्यो । नदीको पानी एकाएक हरायो र त्यसको ठाउँमा हिमालका लासहरूको रुपमा हिउँका ढिस्का, रूखका मुढाहरू र लेदोसहितको ढुङ्गा–बालुवाको एउटा अग्लो पर्खालको रुप धारण गरी जोडतोडका साथ बग्दै आयो ।

त्यस बखत नदी सुसाएको होइन, लाग्थ्यो ब्रह्माण्ड नै फुटाउने गरी आकाश गर्जिरहेको छ । खोलाको सतहभन्दा करिव ३०० फिट माथिसम्म लेदो माटो र हिलोको बाढी उछिट्टिएको थियो, जसले नदीको बाटोमा पर्ने पहाडका कडा चट्टानहरूलाई पनि क्षणभरमै माटो बनाइ दियो .

(ग) एकै छिनमा उजाडिए हजारौ काखः

NDRRMA का अनुसार यो महाविपत्तीले २०८३÷०५÷१६ सम्म ९८७ भन्दा बढी निर्दोष मानिसहरूको जीवन क्षणभरमै माटोमा मिलेको छ भने ३९१६ भन्दा बढी नेपाली आमा, बुबा, दाजुभाइ र दिदीबहिनीहरू अझै हराइरहेका छन्, जसको पर्खाइमा आफन्तहरू आज पनि सो नदीको बगरमा बसेर एकोहोरो टोलाइ रहेका छन । वर्षौँ दुःख गरेर कमाएको जग्गा, जमिन, घर र भावी सपनाहरू एकैछिनमा लेदोभित्र पुरिए । रसुवागढी, टिमुरे र स्याफ्रुबेँसीका कतिपय बस्तीहरूको नामनिसानै सकियो ।

(घ) विकासका संरचना छिन्नभिन्नः

दुई देश जोड्ने भौतिक संरचनाहरू, दुबै देशका भन्सार कार्यालय, रसुवागढी जलविद्युत आयोजना लगायत १२ सञ्चालनमा रहेका र १५ निर्माणधीन आयोजना र करिब ४१ वटा पक्की पुलहरू कागजको डुङ्गा सरी बगे । रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म यो बाढीले विनाशको कालो अक्षरले कोरेर गयो । आज रसुवाका पहाडका खोचहरूबाट बग्ने नदीमा पानीको सुस्केरा मात्र छैन, त्यहाँ आफ्ना प्रियतम गुमाएका हजारौँ नेपालीहरूको चित्कार र रोदन मिसिएको छ ।

(ङ) प्रकृतिको यो चेतावनी र भोलिको सावधानीः

यो बाढीको विपत्ति केवल एउटा प्राकृतिक भवितव्य मात्र होइन, यो जलवायु परिवर्तनको त्यो क्रूर सत्य हो । जसको मूल्य हामी हिमाली देशका नागरिकले चुकाउनु परिरहेको छ । प्रकृतिले हामीलाई २०८२ मा सानो र २०८३ मा विशाल पाठ सिकाएर गएकी छिन । अब पनि हामी ब्युँझिएनौँ भने हाम्रा आगामी पुस्ताले अझ भयानक प्रलय भोग्न ुपर्नेछ । भविष्यमा यस्ता बिदारक घाउहरू पूनःदोहोरिन नदिन हामीले निम्न उपायहरू तत्काल अङ्गाल्नै पर्छ ।

  • १. अन्तरदेशीय डिजिटल चेतावनी प्रणालीः भोटेकोशीको मुहान चीनमा पर्ने भएकाले दुई देशबीचको सूचना संयन्त्र २४ सै घण्टा सक्रिय हुनुपर्छ ।
  • २. प्रविधिको प्रयोगः तिब्बतमा पानीको सतह बढ्दा वा हिमतालमा सानो हलचल हुँदा तल्लो तटीय क्षेत्रका नागरिकको मोबाइलमा आकस्मिक चेतावनी (क्ःक् ब्भिचत) आउने प्रविधि जोड्न दुबै सरकार सकृय भइ तत्काल लाग्नु पर्दछ ।
  • ३. स्थानान्तरणः नेपाल सरकारले आफ्ना जनता र तिनको सम्पतिको रक्षार्थ उक्त नदी किनारका बस्तिहरुलाइ सुरक्षित स्थानमा स्थानान्त्रण गर्नुपर्दछ ।

Comments

Popular posts from this blog

🚨 संकटको भुमरीमा HR म्यानेजर: लघुवित्तमा कर्मचारीको हाहाकार,

💔 झोलासँगै खसेका आँसु: लघुवित्तका 'रोबोट' कर्मचारी र सञ्चालकले बुझ्नुपर्ने सत्य:

लघुवित्तमा आन्तरिक लेखापरीक्षण: दबाब र चुनौती,