Posts

“धर्तीकी अप्सरा, नेपालकी रारा”

Image
“धर्तीकी अप्सरा, नेपालकी रारा” सारा प्रकृतिको अनुपम वरदान, तथा शान्तिको पर्याय र सौन्दर्यताको खानिका रूपमा परिचित मुगु जिल्लामा रहेको रारा ताललाई 'स्वर्गकी अप्सरा' (तालहरूको रानी) भनिन्छ। मानवीय कोलाहल र आधुनिक प्रविधिको प्रदूषणबाट टाढा, कञ्चन निलो पानीको यो विशाल भण्डारले हामी जोसुकैलाई पनि मन्त्रमुग्ध पार्दछ। यो अलौकिक रूपमा सुन्दर रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालकै सबैभन्दा ठूलो र स्वच्छ पानीको ताल हो। समुद्री सतहबाट करिब २,९९० मिटरको उचाइमा रहेको यस तालको प्राकृतिक बनावट र यसले छर्ने आभास साच्चिकै अद्भूत रहेको छ। भौगोलिक हिसाबमा यो ताल झण्डै १०.८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ र यसको गहिराइ १६७ मिटरसम्म रहेको छ। यो ताल चारैतिरबाट हरियाली र डाँडाहरूले घेरिएको छ। यसलाई रारा राष्ट्रिय निकुञ्जले संरक्षण गरेको छ। यो निकुञ्ज नेपालकै सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज भए तापनि जैविक विविधताले निकै धनी रहेको छ। यहाँ सल्लो, धुपी, भोजपत्र र गुराँसका घना जङ्गलहरू रहेका छन्, जसले ताललाई हरियो घेरा लगाएर मनमोहक देखाइरहेको छ। हिउँदको याममा यी...

ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको जीवन्त स्थल: जुम्ला र चन्दननाथ मन्दिरः

Image
         ऐतिहासिक , धार्मिक र सांस्कृतिक सम्पदाको जीवन्त स्थल:                     जुम्ला र चन्दननाथ मन्दिरः  परिचयः नेपालको पश्चिमोत्तर हिमाली क्षेत्रमा रहेके कर्णाली प्रदेशको विकासोन्मुख जुम्ला जिल्ला   प्राकृतिक सौन्दर्यले भरिपुर्ण , ऐतिहासिक विरासत र धार्मिक आस्थाको जीवन्त संग्रहालयको रूपमा रहेको छ। नेपालको मध्यकालीन खस साम्राज्यको राजधानी ,   खस (नेपाली) भाषाको प्रादुर्भाब स्थल , र अद्दितीय हिमाली जडिबुटी उत्पादनहरूको लागि ख्यातिप्राप्त जुम्लाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान निकै उच्च छ। जुम्ला जिल्लाको मुटु अर्थात् सदरमुकाम खलङ्गा बजारमा अवस्थित चन्दननाथ मन्दिर कर्णाली क्षेत्रको मात्र नभै हन्दुहरूको पवित्र , ऐतिहासिक र दर्शनिय धार्मिक शक्तिपीठ हो । मुख्यतः भगवान् दत्तात्रयको मूर्ति रहेको यस मन्दिरसंग समग्र जुम्लाको सामाजिक , आर्थिक तथा राजनीतिक इतिहास अपसी रूपमा जोडिएको छ।     सिञ्जा उपत्यकाको सिँहाबलोकन र खस सभ्यताः जुम्लेली इतिहासको चर्चा ग...

दुध पोखरेल (खत्री खलक) वंशावली पुस्तक - (भारद्वाज गोत्र)सम्जुरछाप तर्फ

दुध पोखरेल (खत्री खलक) वंशावली पुस्तक - (भारद्वाज गोत्र) साविक भरत पोखरी ९, कास्की हाल पोखरा महानगरपालिका ३३ कास्की,  सिगारेवास  तथा सम्जुरछाप   (सतिस्वाँरा गा.वि.स.) गा.पं.हाल भानु १३ सम्जुर तनहुँ,    गण्डकी प्रदेश नेपाल    श्रीकृष्ण खत्रीको वंश वृक्ष (ठेगानाः सम्जुर तनहुँ शाखा) .   श्रीकृष्ण खत्री (मूल ज्येष्ठ पुर्खा)   └── पुस्ता २: बलवीर (बल्या) खत्री (श्रीमतीः दयाभवानी देवी)         ├── पुस्ता ३: कालुराम (काल्या) खत्री (श्रीमतीः .......)         └── पुस्ता ३: गङ्गाराम खत्री (श्रीमतीः ........)

प्रधानमन्त्री राहत कोषमा सिधै सहयोग योगदान गर्नुहोस् !

प्रधानमन्त्री राहत कोष अपिल × प्रधानमन्त्री राहत कोषमा सिधै सहयोग योगदान गर्नुहोस्! आदरणीय मित्रहरू, हालै भोटेकोशी र त्रिशूली नदी प्रणाली आसपासमा आएको विनाशकारी आकस्मिक बाढी र पहिरोले भीषण क्षति पुर्‍याएको छ, जसले रसुवा, नुवाकोट, धादिङ र वरपरका क्षेत्रहरूमा निकै ठूलो प्रभाव पारेको छ। यस राष्ट्रिय संकटको घडीमा, सम्पूर्ण समुदायका सदस्यहरू, दाताहरू र शुभचिन्तकहरूलाई नेपाल सरकारको आधिकारिक "प्रधानमन्त्री दैवी प्रकोप राहत कोष" मा सिधै सहयोग जम्मा गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ। "राज्यको राहत प्रयासलाई सिधै र पारदर्शी रूपमा सहयोग गरौँ।" तलको बटनमा क्लिक गरी आधिकारिक सरकारी पोर्टलबाट सुरक्षित रूपमा सिधै कोषमा रकम जम्मा गर्नुहोस् (लिङ्क नयाँ ट्याबमा खुल्नेछ): ...

पाल्पाली योद्धा श्रीकृष्ण खत्री (दुध पोखरेल) को कथा।

Image
पाल्पाली योद्धा श्रीकृष्ण खत्री (दुध पोखरेल) को कथा

सिगारेबास र सुराैदी फाँटः

Image
   सिगारेबास र सुराैदी फाँटः १. P]ltxfl;s kl/roM    g]kfnsf] k|zf;lgs / /fhgLlts sfnv08sf] Oltxf;df sf:sL / :ofª\hf lhNnfsf] l;dfgf If]q lgs} dxQ\jk"0f{ dflgG5 . /f0ffsfn tyf k~rfotsfnsf] ;'?jftdf klZrd $ gDa/ g'jfsf]6 -kNnf] g'jfsf]6_ P]ltxfl;s u9L lyof] . tTsflng ca:yfdf o;} cGtu{t /x]sf] l;uf/]af; ufFpm ;fljs lgd{nkf]v/L ufpF k~rfot j8f g+= $ / e/tkf]v/L ufpF ljsf; ;ldlt j8f g+= ( x'Fb} n]vgfy gu/kflnsf j8f g+= !* df ;dfj]z eof] . /fHosf] kl5Nnf] ;+3Lo k'g;{+/rgf kZrft\ of] If]q ;d]l6P/ xfn kf]v/f dxfgu/kflnsf j8f g+= ## sf] Ps ultzLn / P]ltxfl;s ufFpsf] ¿kdf :yflkt ePsf] 5 . sf:sL / :ofËhfsf] l;dfgf eP/ aUg] ;'/f}bL vf]nf / o;n] lgdf{0f u/]sf] ;'/f}bL kmfF6 o; ufFpmsf] lrgf/L xf] . of] ufFpm hfgsf] nfuL kf]v/fsf] la/f}6faf6 bf]lannf, lgd{n kf]v/L, u}/f ufFpm x'b} sl/j @) ls=dL= af6f] sf6\g' kb{5 eg] k[YaL /fhdfu{sf] e08f/l9s, lr/ufbL, sflnsf:yfg, lr;fkfgL x'b} u}/fufFpm jf6 sl/a $ ls=dL= hfg' kb{5 . æl;uf/]af; P]ltxfl;s dxQ\j af]...

भोटे कोशी नरसंहार र अगस्ट २६, २०२६

Image
               भोटेकोशीको नरसंहार र २०८३ भदौ १० हिमाल भन्ने वित्तिकै, जहाँ सेताम्मे हिम परेका प्रकृतिका सुन्दर स्वरुपलाइ चिनिन्छ । जसले नेपालको उत्तरी क्षेत्र र चिनको स्वशासित क्षेत्र तिब्बतसंग सामिप्यता राख्दछन । नेपाल तथा चिनको सिमाना रसुवागढी हुँदै कलकल बग्ने एउटा पवित्र नदी छ, जसलाइ हामी भोटेकोशी भनेर चिन्दछौं । हामीहरु मध्ये धेरैले भोटेकोशी भन्ने बित्तिकै सिन्धुपाल्चोक तर्फ बग्ने नदी मात्र सम्झिन्छौँ । तर, रसुवाको उत्तरी क्षेत्रबाट बग्ने यो भोटेकोशी केवल एउटा नदी मात्र होइन, यो त रसुवाबासीको आँगन, जलविद्युतको अपार सम्भावना भएको मुहान र नेपाल–चीन व्यापारको मुख्य नाका मध्ये एक हो । समय सधैँ एकैनास कहाँ रहँदो रहेछ र ! भगवानको समेत आँखा छली जब २०८३ सालको भदौ १० गते आयो, यो कलकल आवाज दिने नदीले आफ्नो मातृत्व बिर्सिएर एकाएक रौद्र रूप धारण गर्‍यो । आज विहनसम्म जीवन दिने यही नदी छिनभरमा काल बनेर आयो र नेपालले कहिल्यै नविर्सने तथा कहिल्यै सञ्चो नहुने चोट दिएर गयो। (क) २०८२ असार २४ को चेतावनीः २०८३ भदौ १० को यो महाविपत्तिभन्दा ठीक तेह्र महि...