“धर्तीकी अप्सरा, नेपालकी रारा”
“धर्तीकी अप्सरा, नेपालकी रारा” सारा प्रकृतिको अनुपम वरदान, तथा शान्तिको पर्याय र सौन्दर्यताको खानिका रूपमा परिचित मुगु जिल्लामा रहेको रारा ताललाई 'स्वर्गकी अप्सरा' (तालहरूको रानी) भनिन्छ। मानवीय कोलाहल र आधुनिक प्रविधिको प्रदूषणबाट टाढा, कञ्चन निलो पानीको यो विशाल भण्डारले हामी जोसुकैलाई पनि मन्त्रमुग्ध पार्दछ। यो अलौकिक रूपमा सुन्दर रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालकै सबैभन्दा ठूलो र स्वच्छ पानीको ताल हो। समुद्री सतहबाट करिब २,९९० मिटरको उचाइमा रहेको यस तालको प्राकृतिक बनावट र यसले छर्ने आभास साच्चिकै अद्भूत रहेको छ। भौगोलिक हिसाबमा यो ताल झण्डै १०.८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ र यसको गहिराइ १६७ मिटरसम्म रहेको छ। यो ताल चारैतिरबाट हरियाली र डाँडाहरूले घेरिएको छ। यसलाई रारा राष्ट्रिय निकुञ्जले संरक्षण गरेको छ। यो निकुञ्ज नेपालकै सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज भए तापनि जैविक विविधताले निकै धनी रहेको छ। यहाँ सल्लो, धुपी, भोजपत्र र गुराँसका घना जङ्गलहरू रहेका छन्, जसले ताललाई हरियो घेरा लगाएर मनमोहक देखाइरहेको छ। हिउँदको याममा यी...