असक्षम सारथि र भत्किँदो मानव संसाधन कतै नेपाली बैंक तथा वित्तीय जगत् ऐतिहासिक भूलको पुनरावृत्ति गर्दै त छैन:
असक्षम सारथि र भत्किँदो मानव संसाधन कतै नेपाली बैंक तथा वित्तीय जगत् ऐतिहासिक भूलको पुनरावृत्ति गर्दै त छैन नेपालको आधुनिक अर्थतन्त्रको विकासमा वित्तीय क्षेत्रको भूमिका अग्रपंक्तिमा आउँछ। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाहरू यसका मुख्य आधार हुन्। विपन्न नागरिकदेखि ठूला उद्योगसम्म पुँजी पुर्याउने पवित्र उद्देश्यका साथ यो क्षेत्र विस्तार भएको हो। सर्वसाधारणको निक्षेप सुरक्षित राख्नु र देशको अर्थतन्त्रलाई चलायमान बनाउनु नै यसको मूल दर्शन हो।