म र मेरो विचार :
भर्खरै · 🌐म र मेरो विचार एकचोटि र सोच्नुस्—हामी कहाँ पुग्न खोज्दैछौँ? बासुरीको धुन सून्न फोटोमा थिच्नोस् आजभोलि हामी सबै एउटा यस्तो दौडमा छौँ, जहाँ रोकिनु भनेको हार्नु जस्तै भएको छ। बिहान आँखा खुलेदेखि राति ननिदाएसम्म दिमागमा एउटै कुरा घुमिरहन्छ, 'पैसा, करियर, र समाजमा आफ्नो हैसियत।' तर कहिलेकाहीँ एकछिन रोकिएर सोच्नुभएको छ, यो दौडको अन्त्य कहाँसम्म र कहिलेसम्म ? हामी भोलिको सुखको लागि आजको दिन बर्बाद गरिरहेका छौँ। आमा-बुबासँग दुई मिनेट बसेर कुरा गर्ने फुर्सद छैन, तर फेसबुकमा अरूका कुरामा घण्टौँ बिताइदिन्छौँ। 📱 आफ्ना सन्ततीलाई महँगो स्कुलमा त भर्ना गर्यौँ, तर उनीहरूलाई चाहिने 'आफ्नो समय' दिन बिर्सियौँ। 👨👩👦 बैंक ब्यालेन्स बढाउने चक्करमा शरीरमा रोग बढाउँदै लगेको पत्तै पाएनौँ। 🏥 छिमेकीको नयाँ गाडी देख्दा आफ्नो भएको पुरानो मोटरसाइकलले खुसी दिन छाड्छ। सामाजिक सञ्जालमा अरूको 'फेक' हाँसो देख्दा आफ्नो वास्तविक हाँसो हराउन थाल्छ। हामी ...